८ पुस २०८२, मंगलबार | December 23, 2025

पानीको मुल्य एकैपटक १५ रुपैयाँ बढेपछि डिलर व्यवसायी आन्दोलित



पोखरा । जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । नेपाल वाटर व्यवसायी संघले जारको पानीको मुल्य १५ रुपैयाँ बढाएको छ ।

यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ । यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने व्यवसायीको गुनासो छ ।

विरोध स्वरुप उनीहरुले मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडीसहित प्रदर्शन गरेका हुन् । पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो । नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताए ।

संघले मूल्यवृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम बनाएको छ । ‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो तर सरासर सिण्डिकेट भयो,’ उनले भने, ‘आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु ? ।’

बढेको मुल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने उनको भनाई छ । पोखरामा हाल उपभोक्ताले प्रतिजार ५० रुपैयाँमा पानी खरिद गर्छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ५७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना