४ पुस २०८२, शुक्रबार | December 19, 2025

खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि बुटवल स्थित तिनाउ अस्पताल घेराउ



बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पताल घेराउ र नाराबाजी गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-११ भगजोगनीका ४२ वर्षिय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएपछि उनका आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

अस्पतालका डाक्टरको लापरवाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शब नबुझ्ने समेत अडान लिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ३-४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै शल्यक्रिया थियटरबाट सिधै आईसीयूमा लगिएको थियो । विरामीको अवस्था बारे शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेको तर बिहान ५ बजेतिर बोलाएर अवस्था सिरियस रहेको जानकारी दिइएको मृतकका भान्जा नाता पर्ने आफन्त हेमलालले बताए । आफन्तलाई भेट्न समेत नदिई भेन्टिलेटर लगिएको आफन्तको आरोप छ ।

४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि शल्यक्रिया गर्न भर्ना भएका थिए । शल्यक्रिया अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताए ।

घटनाबारे अस्पताल प्रशासनसंग पटक पटक सम्पर्क गर्दा फोन रिसिभ गरेका छैनन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ५४ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म