८ पुस २०८२, मंगलबार | December 24, 2025

आश्रयबिहिन मानव मुक्त बुटवल उपमहानगर कागजमा सिमित : सडकभरी माग्ने बालबालिकाको आतंक



बुटवल । सडकमा आश्रित बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै जादाँ उपमहानगरमा बालबालिकाको अवस्था दयनिय रहेको देखिएको छ। पछिल्लो केहि महिनादेखि बुटवलउपमहानगरपालिका नेपालगञ्जरोड,पाल्पारोड, ट्राफिकचोक, राममन्दिरलाईनमा हरेक दिन बालबालिकाहरूको ठूलो संख्या माग्दै हिड्ने गरेको देखिएपछि उपमहानगरभित्रै बालबालिकाको अवस्था दयनिय रहेको देखिएको हो ।

एकातिर सडकमा माग्ने बालबालिकाहरुको संख्या बढ्दै गएको छ भने अर्को तर्फ उपमहानगरमा बालश्रमिकहरुको संख्या पनि कम छैन । सडकमै भेटिएका बालक नाम परिवर्तन बी मगरले दिनभर कवाड उठाउने काम गर्छन् । उनको सुत्ने कुनै बास छैन । दिनभरी कवाड उठाउने उनको रात सडकमै बित्ने गर्दछ । उनले सडक छेउको पिँढीमा रात विताउने गरेको बताए ।

उपमहानगरले बुटवललाई सडक माग्ने मुक्त सहरको घोषणा गरेको २ वर्ष बढी पुग्यो, तर उपमहानगरको मुटु मानिने ट्राफिक चोकमा रात्रीकालिन बजारमा माग्ने बालबालिकाहरुले माग्दा नदिने सर्वसाधारणलाई अस्लिल गाली गर्ने, एटीएम अगाडी कुरेर बस्ने र माग्दा नदिए गाली गर्ने, फोहोर गालीका शब्दहरु सुन्न नसकेर दिन बाध्य हुने प्रवृत्ति रोकिएको छैन । बालबालिकाको नाङ्गो प्रदर्शनले उपमहानगरको माग्ने मुक्त महानगरको घोषणालाई गिज्याइरहेको छ ।

ट्राफिक चोकमा रात्रीकालिन बजारमा अस्लिल बोल्ने बालबालिकाहरुले त आफ्नो थर ठेगाना बताउनै चाहन्नन् । प्रश्न सोध्नेहरुलाई फोहर गालि गरेपछि उनीहरुसँग सम्बाद गर्नै सकिँदैन ।

आमाबाबुको काखमा हाँसीखुसी रहने र किताबकापी लिई विद्यालय जाने बेलाका ती बालबालिकाहरू सडकमै दिन र रात बिताउन बाध्य छन्। अघिल्लो वर्ष सडकमा रात बिताउने बालबालिकाको संख्या केही कम देखिएपनि पछिल्लो समय सडकमा बस्ने बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सडकमा कमाईका लागि आउने गरेको उनीहरू बताउँछन् ।

मागेरै जीवन गुजार्ने गरि सडक बालबालिका दिनप्रतिदिन बढ्दै जानुबाट बालबालिकाको भविष्यमाथिनै प्रश्न चिन्ह उब्जिएको छ। अशिक्षा ,अन्धविश्वास,आर्थिक पिडा, बहुविवाह,हिसां, अभिभावक लागुपदार्थ दुर्व्यसनीमा पर्नु,परिवारको दायित्वबोध नगर्नुले,बालबालिका घर छाडेर हिड्ने प्रवृत्ति बढेको विभिन्न तथ्याङ्कले देखाएको छ । सडकमा बस्ने बालबालिकाको सङ्ख्या, दिनप्रतिदिन बढ्दै जानुको मुख्य कारण पारिवारिक हिसां नै हो। नेपाली समाजमा हुने गरेका अनुशासनहिन क्रियाकलाप,राजनीतिक अस्थिरता,अराजक स्थिती,बेरोजगारी,बढ्दो सहरीकरण,बहुविवाह,असफल प्रेम विवाह, सम्बन्धविच्छेद जस्ता घटनाहरु बालबालिका सडकमा जान बाध्य पार्ने कारकहरु हुन् ।

सडकमा बालबालिकाहरूका संख्या बढ्दै जानु भनेको बालक,परिवार,समाज र राष्ट्रकालागि पीडादायक अवस्था हो । सडकमा बालबालिकाको पिडा हरेक दिन बढ्दै गएपनि उपमहानगरको स्थानिय बालअधिकार समितिले सडकमा रहेका बालबालिकाहरूको अनुगमन गरि बालबालिकाका संरक्षण र व्यवस्थापनका लागि उद्दार गरिरहेको दाबी गर्न छाडेको छैन ।

सडकमा देखिएका साहारा बिहिन बालबालिकालाई उद्दार गरि संरक्षण प्रदान गरिएको बुटवल उपमहानगरपालिका सामाजिक महाशाखाका उपसचिव तुल्सा अर्याल बताउँछिन् । अर्यालले उद्दार गरेको दाबी गरेपनि उपमहानगरसँग उद्दार गरिएका कति बालबालिका संरक्षणमा रहेका छन् भन्ने डाटा उपलब्ध छैन ।

बालबालिका क्षेत्रमै काम गर्नै गैरसरकारी संस्था सीवीन नेपालले चालु आर्थिक वर्षमा ५ जना बालबालिकालाई उद्दार गरि संरक्षमा राखेको जनाएको छ । सीवीन बुटवलका व्यवस्थापक विष्णु पौडेलका अनुसार सरकारी निकाय र प्रहरीको सहयोगमा उद्दार गरिएका ५ जना बालबालिका सीवीनको संरक्षणमा छन् । बजारमा देखिएका ठूलो संख्याको आश्रय बिहिन बालबालिकाको तुलनामा यो संख्या निकै कम हो ।

सडक बालबालिकाको उद्दारका लागि सम्बन्धित निकायले काम गरेको बताए पनि अवस्था गम्भिर देखिएको छ। कोरोना महामारीका कारण उनिहरूको अवस्था अझ कहाली लाग्दो बनेको हो । आजका बालबालिका भोलिका देशका कर्णधार हुन्। बालबालिकाको हक,हित र संरक्षणका लागि बालमैत्री बातावरण , बालबालिका संरक्षण तथा सडक बालबालिकाका समस्या अन्त्य गर्नका लागि प्रभावकारी नीति र कार्यक्रम ल्याउनु पर्दछ। सडकबालबालिकाको व्यवस्थापनमा सरकारले ध्यान दिन जरूरी छ। राज्यले प्रयास गरेमा सडकबालबालिकाको समस्या छिट्टै समाधान गर्न सकिन्छ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ०६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना