२९ मंसिर २०८२, सोमबार | December 15, 2025

व्यापारीबाट १ लाख ५७ हजार क्वीन्टल चामल किन्दै खाद्य कम्पनी



काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीबाट चामल किन्न थालेको छ । सिजनमा किसानबाट न्यून मात्रामा धान किनेको खाद्यले देशभर १ लाख ५७ हजार ५ सय क्वीन्टल चामल किन्न थालेको हो ।

कम्पनीका १० वटा प्रादेशिक र मुख्य शाखामार्फत चामल खरिदका लागि बोलपत्र स्वीकृत गरिएको छ । खाद्यको विर्तामोडस्थित मुख्य शाखाका लागि ५ हजार क्वीन्टल सोना मन्सुली र स्टिम जिरा खरिद गरिँदैछ ।

प्रादेशिक कार्यालय विराटनगरका लागि ४ हजार क्वीन्टल सोना मन्सुली, २ हजार क्वीन्टल स्टिम जिरा मसिनो र १ हजार क्वीन्टल स्टिम रन्जित चामल खरिद प्रक्रिया अगाडि बढेको छ ।

त्यस्तै, मुख्य शाखा लहान र शाखा कार्यालय वीरगन्जका लागि २०/२० हजार क्वीन्टल, प्रादेशिक कार्यालय काठमाडौंका लागि ८ हजार ५ सय क्वीन्टल, प्रादेशिक कार्यालय भैरहवाका लागि ७ हजार क्वीन्टल, मुख्य कार्यालय नेपालगन्जका लागि २३ हजार क्वीन्टल र प्रादेशिक कार्यालय धनगढीका लागि ३७ हजार क्वीन्टल चामल किन्न छुट्टाछुट्टै बोलपत्र स्वीकृत भएको छ ।

प्रादेशिक कार्यालय सुर्खेतका लागि २० हजार क्वीन्टल र मुख्य शाखा तुलसीपुरका लागि ४ हजार क्वीन्टल चामल किनिँदैछ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५६ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ