२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

महाकाली नदीमा भारतले पक्की तटबन्ध बनाएकोमा कानुनमन्त्रीले गराए गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा भारतले एकमतर्फी पक्की तटबन्ध बनाइरहेको छ । महाकाली नगरपालिका४ बाँगाबगरमा सीमा नदी महाकाली पारी पट्टी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको हो । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले गरेको अनुरोध भारतले अटेरी गर्दै आएको छ ।

पानीको बहाव नेपालतर्फ पठाउनेगरी भइरहेको पक्की तटबन्ध निर्माण कार्य रोक्न वारीबाट नेपालीहरूले ढुंगा प्रहारसमेत गर्दै आएका छन् । तर, पनि भारतीय पक्षले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।

स्थानीय प्रशासन र स्थानीय जनताको अवरोधलाई अटेरी गर्दै आएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई भेट गरी मन्त्री बडूले ध्यानाकर्षण गराएका हुन् ।

भारतीय पक्षले पक्की तटबन्ध निर्माण गर्ने क्रममा दुवैतर्फका जनताबीच ढुङ्गा हानाहानको अप्रिय अवस्था सृजना भएको तर्फ दुवै मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । यस घटनाबाट दुवै तर्फको जनस्तरमा रहेको मित्रता र आपसी सम्बन्धलाई थप विग्रन नदिनतर्फ सचेत हुन समेत आग्रह गरेका हुन् ।

सीमाक्षेत्रमा हुने प्रशासनिक एवं विकासका गतिविधिहरूमा दुवै पक्षको पूर्व जानकारी र समन्वयको सुनिश्चितता गर्नका लागि तत्कालै भारत सरकारसँग कूटनीतिक तहमा सम्पर्क गरी दुवै पक्षबीच प्राविधिक र प्रशासनिक समन्वय र संवादद्वारा सृजित समस्याको समाधान गर्न गराउन आग्रह गरेका हुन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खड्काले उक्त घटनालाई गम्भीर लिँदै भारत सरकारको ध्यानाकर्षण गराइसकिएको बताए ।

दुवै देशका संयुक्त प्राविधिक टोली खटाइ स्थलगत रूपमा नै समस्याको समाधान गर्न दूतावासमार्फत भारत सरकारलाई मौखिक साथै लिखित रूपमा अनुरोध गराइसकिएको उनले प्रष्ट पारे ।

यो विषयमा आफू निरन्तर भारतसँग सम्वादमा रहेको भन्दै चाँडै उक्त समस्याको समाधान गरिने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : ३७ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको