२० बैशाख २०८१, बिहिबार | May 2, 2024

यी २८ देशसँग चल्छ नेपालको नाफाको व्यापार



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १५९ देशसँग रहेको छ ।

वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालको व्यापार नाफा रहेको राष्ट्रमा डेनमार्क, कम्बोडिया, अल्जेरिया, नाइजर, गुयना, न्यु सेलेडोनिया, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माल्टा, यमन, अर्मेनिया, मोनाको, जाम्बिया, ट्रिनिडाड एण्ड टोबागो, माल्दिभ्स, जर्जिया, मौरिसस्, अजरवैजान, फिजी, जमैका, आइसल्याण्ड, माइक्रोनेसिया, कंगो, क्रोएसिया, बरमुडा, सेनेगल, घाना र सेन्ट हेलेना रहेका छन् ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग रहेको छ । पछिल्लो आठ महिनामा डेनमार्कसँग नेपालको व्यापार नाफा १४ करोड १९ लाख १४ हजार रुपैयाँ रहेको छ ।

नेपालको दोस्रो ठूलो व्यापार नाफा कम्बोडियासँग १३ करोड ७२ लाख २२ हजार रुपैयाँ रहेको छ । अल्जेरियासँग नेपालको व्यापार नाफा ६ करोड ४६ लाख ८० हजार रुपैयाँ रहेको छ ।

भन्सार विभागका अनुसार गुयनासँग २ करोड ४२ लाख ४९ हजार रुपैयाँ, न्यु सेलेडोनियासँग २ करोड २३ लाख १५ हजार रुपैयाँ, अफगानिस्तानसँग १ करोड ३६ लाख ८० हजार रुपैयाँ, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग ९८ लाख ४४ हजार रुपैयाँ, माल्टासँग ७९ लाख ४७ हजार रुपैयाँ, यमनसँग ७९ लाख ४७ हजार रुपैयाँ र अर्मेनियासँग ४८ लाख ९५ हजार रुपैयाँ व्यापार नाफा रहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

पछिल्लो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : २३ बजे

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई