१० श्रावण २०८३, आइतबार | July 26, 2026

यी २८ देशसँग चल्छ नेपालको नाफाको व्यापार



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १५९ देशसँग रहेको छ ।

वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालको व्यापार नाफा रहेको राष्ट्रमा डेनमार्क, कम्बोडिया, अल्जेरिया, नाइजर, गुयना, न्यु सेलेडोनिया, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माल्टा, यमन, अर्मेनिया, मोनाको, जाम्बिया, ट्रिनिडाड एण्ड टोबागो, माल्दिभ्स, जर्जिया, मौरिसस्, अजरवैजान, फिजी, जमैका, आइसल्याण्ड, माइक्रोनेसिया, कंगो, क्रोएसिया, बरमुडा, सेनेगल, घाना र सेन्ट हेलेना रहेका छन् ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग रहेको छ । पछिल्लो आठ महिनामा डेनमार्कसँग नेपालको व्यापार नाफा १४ करोड १९ लाख १४ हजार रुपैयाँ रहेको छ ।

नेपालको दोस्रो ठूलो व्यापार नाफा कम्बोडियासँग १३ करोड ७२ लाख २२ हजार रुपैयाँ रहेको छ । अल्जेरियासँग नेपालको व्यापार नाफा ६ करोड ४६ लाख ८० हजार रुपैयाँ रहेको छ ।

भन्सार विभागका अनुसार गुयनासँग २ करोड ४२ लाख ४९ हजार रुपैयाँ, न्यु सेलेडोनियासँग २ करोड २३ लाख १५ हजार रुपैयाँ, अफगानिस्तानसँग १ करोड ३६ लाख ८० हजार रुपैयाँ, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग ९८ लाख ४४ हजार रुपैयाँ, माल्टासँग ७९ लाख ४७ हजार रुपैयाँ, यमनसँग ७९ लाख ४७ हजार रुपैयाँ र अर्मेनियासँग ४८ लाख ९५ हजार रुपैयाँ व्यापार नाफा रहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

पछिल्लो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : २३ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस