१ आश्विन २०८३, बिहिबार | September 17, 2026

१६ औं मनमोहन स्मृति रनिङ शिल्ड फुटबल : वडा नम्बर १२ दोस्रो चरणमा प्रवेश



बुटवल । बुटवलमा जारी १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को मंगलबार भएको खेलमा वडा नं १२ विजयी भएको छ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा ट्राईबेकरमा वडा नं ३ लाई ४(३ ले पराजित गर्दै वडा नम्बर १२ दोस्रो चरणमा प्रवेश गरेको हो।

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा निर्धारित समयमा गोलरहित बराबर भएपछि खेल ट्राईबेकरमा गएको थियो। खेलमा वडा नं ३ का खेलाडीको प्रहारलाई वडा नं १२ का गोलकिपर नवीन छन्त्यालले बिफल पारिदिएका थिए। उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत पनि भए।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए। बुधबार बिहान वडा नं ५ र ६ का बिचमा खेल हुनेछ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : ०८ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा