४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल टस जितेर ब्याटिङ गर्दै



काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ ।

शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो ।

पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो ।

मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रन सहित टोलीलाई जितनजिक पर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन ।

हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पीएनजीलाई दुवै खेलमा हराएको थियो ।

सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पीएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो । आज दोस्रो खेलमा पीएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ ।

यो शृंखलालगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला आयोजना आयोजना गर्दैछ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको