१८ माघ २०८२, आइतबार | February 1, 2026

चिनियाँ विदेशमन्त्रीले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट



काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटर पुगी उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि उक्त विमानस्थल प्रधानमन्त्री देउवाको उपस्थितीमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई हस्तान्तरण गरेका थिए ।

आज नै नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । सिंहदरबारमा भएको बैठकपछि नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।

चिनियाँ विदशेमन्त्री वाङ्ले आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : २३ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री