५ पुस २०८२, शनिबार | December 21, 2025

‘विप्लव’ नेकपाको निर्णय : न चुनाव उपयोग, न बहिस्कार



बुटवल । अन्ततः नेत्रबिक्रम चन्द ‘विप्लव’को स्थानीय चुनाव उपयोग गर्ने प्रस्ताव विफल भएको छ । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक लम्ब्याउँदै चुनावका पक्षमा केन्द्रीय नेताहरुको बहुमत पुर्याउन विप्लव र अकार् नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रयत्न गरेपनि बहुमत नपुग्ने देखिएपछि घुमाउरो पारामा चुनाव उपयोग गर्ने निर्णय गरिएको छ ।

नेकपाका एक नेताका अनुसार नेकपा सिधै पार्टीका नामबाट चुनावमा नगएपनि पार्टी निकट व्यक्तिहरुलाई स्वतन्त्ररुपमा निर्वाचनमा पठाउने छ भने कतिपय स्थानमा विचार मिल्ने अन्य दलका नेताहरुको पार्टीले समर्थन गर्ने छ । नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए ।

‘अव नेकपाले चुनाव बहिस्कार गर्ने छैन र पार्टीगत सहभागिता पनि जनाउने छैन,’ ती नेताले भने, -‘भ्रष्टाचरमा लिप्त नभएका, स्वच्छ र निश्कलंक व्यक्तिलाई पार्टीले समर्थन गर्ने छ ।’ उनले नेकपा सत्ताको विपक्षि भएपनि चुनावको विरोधी नभएको बताए ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ९ : ३२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ