५ पुस २०८२, शनिबार | December 21, 2025

वैद्य माओवादी परित्याग गर्दै संयुक्त समाजवादी मोर्चाको घोषणा, चुनावमा भाग लिने



काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा विभाजन आएको छ । पार्टीले आगामी स्थानीय निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टी निकट अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा युवाहरुले विद्रोह गरेका हुन् । उनीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।

पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताए। उनले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तत्कालिन माओवादी पार्टीबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको उल्लेख गरे ।

उनले नवगठित मोर्चा आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने बताए । तत्काल आफूहरुको मोर्चा निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भएकाले अन्य पार्टीको निर्वाचन चिन्हमार्फत् निर्वाचनमा जाने अध्यक्ष भण्डारीले बताए। मोर्चाले शान्तिपूर्ण रुपमा समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडी बढाउने उनले दाबी गरे ।

मोर्चाले १५ दिन भित्रमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ३० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ