१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

अबको निर्वाचन राजनीतिक पार्टीहरूका लागी ठूलो अग्नि परीक्षा हो : सभामुख सापकोटा



सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले अबको निर्वाचन सबै राजनीतिक पार्टीका लागी ठूलो अग्नि परीक्षा हुने बताएका छन् । निर्वाचन भनेको सामान्य टिकट ढ्वाङमा खसाल्ने मात्रै नभएर ठूलो जनमत सङ्ग्रह र अग्रगमनको पक्षमा भएको सापकोटाको भनाइ छ ।

सोमबार चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले निर्वाचनबाट सक्षम, इमान्दार, जीवन जगतलाई परिवर्तन गर्न सक्ने प्रतिनिधि छान्न सक्नुपर्ने बताए । जस्तोसुकै कठिनाइमा सामान गर्ने सामर्थे भएको प्रतिनिधि छान्न आग्रहसमेत गरे ।

यस्तै सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेको बताए । केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने सापकोटाले बताए । आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने उनले बताए ।

आफ्नै गाउँको सेतीदेवी पञ्चकन्या माद्यामिक विद्यालयको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएकोले अलोकतान्त्रिक पक्षहरू छिटै परास्त हुने बताएका हुन् ।

यस्तै सभामुख सापकोटाले आजै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने तिप्लीङ खोलाको पुलसमेत उद्घाटन गरेका छन् । २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो पुल आज उद्घाटन गरिएको हो ।

पुल निर्माण भएपछि जिल्ला सदरमुकाम चौताराबाट कुविण्डे हुँदै बलेफी जाने यात्रुलाई सहज हुनेछ भने कुविण्डेका किसानलाई घर र खेत ओहोरदोहोर गर्नसमेत सजिलो हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २७ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि