१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आईपियो जारी गर्दै बुद्धनगर एग्रो फार्म



बुटवल । रुपन्देहीको बुद्धनगर एग्रो फार्म लिमिटेडले नेपाल मै पहिलो कृषि तर्फको आइपीओ जारी गर्ने भएको छ ।

कृषि मार्ट, कुखुरा चल्ला उत्पादन, अण्डा उत्पादन, कुखुरा पालन, मिट मार्ट (बधशाला) सञ्चालन गर्दै आएको लिमिटेड कम्पनीले आईपीयो जारी गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) निष्कासन गर्न लागेको हो ।

कम्पनीले आइपीओ बिक्रीका लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुत गरेको छ ।
आइपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।

क्यापिटलले प्रदान गरिरहेको आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनीले आइपीओ निष्कासन गर्न लागेको अध्यक्ष कुल बहादुर केसीले जानकारी दिए ।

एनआईसी एशिया क्यापिटलको आईडीया टु आइपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी-रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवासमेत उपलब्ध गराउने सम्बन्धीसमेत दुई पक्षिय सम्झौता भएको सिईयो खड्क बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले