४ पुस २०८२, शुक्रबार | December 20, 2025

ग्रामीण वस्तीमा टेलिकमको सेवा विस्तार



बागलुङ । फाेन सेवाका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता हटेकाे छ । कुश्मा नगरपालिका-१४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरेर टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राही लाभान्वित भएका हुन् ।

टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका-७ को रापु राम्जा वडा नम्बर ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भूभागसँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीमा कभरेज पुगेकाे हाे ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफ्नो सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

टेलिकमले टुजीमार्फत भ्वाइस र थ्रिजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए ।

टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।

भौगोलिक विकटता, उपकरण पुर्‍याउन निकै कठिन परिस्थितिको सामना गर्दै टेलिकमसँगको सहकार्यमा मोबाइल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिका-१४ का वडा सदस्य इन्द्र गुरुङले जानकारी दिए । पहिले डाँडाकाँडातिर पुगेर फोन गर्नुपर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोबाइल डाटा मार्फत इन्टरनेट चलाउन सहज भएको उनले बताए ।

टेलिकमले मोदी गाउँपालिका-३ लाङदी देउरालीमा पनि टावर निर्माण गरी सेवा सुचारु गरेको जनाएको छ । उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोबाइल सेवा सुचारु गरिएको नेपाल टेलिकम पर्वतका कार्यालय प्रमुख नवराज रेग्मीले जानकारी दिए । सेवा सुचारु भएपछि भ्वाइससँगै उच्च गतिको अत्याधुनिक प्रविधिको फोरजीमार्फत् इन्टरनेट (मोबाइल डाटा) चलाउन सहज भएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।

मोबाइल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका-३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नम्बर ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नम्बर ५ को बाजुङका झण्डै १२ सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिका-३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको