१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमाले विरुद्ध मिडियाको समेत तागद प्रयोग भयो : उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले विरुद्ध मिडियाको तागद प्रयोग भैरहेको आरोप लगाएका छन् ।

बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमालेका विरुद्धमा मिडियाको प्रयोग भैरहेको बताउँदै त्यसलाई रोक्न प्रेस चौतारीले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

एमालेले गरेका राम्रा कामहरुले चर्चा नपाउने तर उसले गरेका साना-साना कमजोरीहरुलाई भने खोजी-खोजी ठूलो विषय बनाएर समाचार बन्ने गरेको गुनासो गरे । सञ्चार माध्यमहरुले समेत एमालेले गरेका राम्रा कामहरुलाई बाध्यात्मक अवस्थामा मात्रै ठाउँ दिने गरेको उल्लेख गरे । एमाले विरुद्धका विभिन्न षड्यन्त्र तथा चुनौतीहरुसँग जुध्नका लागि प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने उनको सुझाव छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले आगामी आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत स्थानमा जित हासिल गर्ने दाबी गरेका छन् । एमालेले एक्लै चुनावमा गएर बहुमत हासिल गर्ने उनले बताए ।

अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गर्दै भने उनले भने-‘यो देशको नेता नेकपा एमाले हो ।’ एमाले विरुद्ध गरिएको गठबन्धनले कुनै असर नगर्ने बताउँदै उनले पटका पड्काएर एमाले तर्सन्छ कि, भन्ने भ्रम नपाल्न आग्र गरे । ‘अन्य दलहरुले गठबन्धन गर्नु र नगर्नुमा कुनै तात्विक भिन्नता छैन ।

एमालेको विजयीलाई गठबन्धनले कुनै असर पार्नेवाला छैन ।’– उपाध्यक्ष पौडेलले भने । गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा गुणात्मक सफलता हात पार्ने उनको दाबी छ । पौडेलले एमालेले मात्रै बिकासको मोडल तयार पार्न सक्ने उल्लेख गरे । एमालेले गरेका ठूला ठूला बिकास निर्माणका कामहरुलाई जनतामा ल्याउन उनले सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रेस चौतारीको केन्द्रीय सचिवमा निर्वाचित प्रदिप आचार्य, केन्द्रीय सदस्यहरु अमृत गिरी, मिलन गाहा, अमृता अनमोल, नवराज कुँवर, युवराज पाण्डे, साबि रसाइली तथा दिपु पोखरेललाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित निरु गौतम, गोविन्द घर्ती, सत्यनारायण मानन्धर, शान्ती बिक, माधव न्यौपाने, शसी पन्थी, कृष्ण खनाल, मनिष पन्थ तथा मोहन ठाकुरलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी केन्द्रीय सचिव प्रदिप आचार्यले सशक्त र निस्पक्ष भएर कलम चलाउनुका साथै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई थप सशक्त बनाउने गरि कलम चलाउन आग गरे । प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्षमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती पाण्डेले स्वागत गरेकी थिइन भने सचिव केशव भण्डारीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : २६ बजे

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि