१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

उपमेयरको नेतृत्वमा सडक अवरुद्ध



काठमाडौं । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी-साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् ।

उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् ।

६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।

यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमशस् नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जितेका छन् । प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन् ।

स्थानीय राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक-पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : ४९ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि