२४ बैशाख २०८१, सोमबार | May 7, 2024

फेरि बस भाडा वृद्धि गर्दै सरकार



काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो ।

सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै आइतबारसम्म समायोजन गरिने बताएका छन् । ‘व्यवसायीले भाडा समायोजन गर्न माग गर्दै आउनुभएको छ, मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति आएको छ,’ उनले भने ।

विभागका महानिर्देशक घिमिरेले अहिले कुनै जिल्ला वा ठाउँ विशेषका लागि नभएर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानीका साधनमा मात्र भाडा समायोजन गरिने बताएका छन् । अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर आइतबार सार्वजनिक गरिने घिमिरेले बताएका छन् । भाडा समायोजनअन्तर्गत कति वृद्धि गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । विभागले अहिलेसम्म ३४ प्रतिशत डिजेलमा मूल्यवृद्धि भएकाले त्यसलाई आधार मानेर वृद्धि गरिने जनाएको छ ।

संघ सरकारले लामो दूरीको भाडा बढाएपछि प्रदेश सरकारहरूलाई पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउन बाटो खुल्नेछ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि भएको छ । विभागले यो निर्णय आइतबारदेखि कार्यान्वयनमा जाने र तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने जनाएको छ ।

यसअघि, विभिन्न समयमा डिजेल–पेट्रोलको मूल्यवृद्धि लगातार बढ्दै गएपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ज्ञापनपत्र बुझाएर मागको सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिँदै आएको थियो ।

यसअघि, गत २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा २८ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो ।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेर बिदाइ भएका थिए ।

असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ ।

सरकारले अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियमको मूल्यवृद्धि भएको भन्दै पटकपटक वृद्धि गर्दै आएपछि गाडी भाडा वृद्धि गर्नेमा सरकार पुगे पनि यसको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरूलाई यसको मार पर्ने भएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,