१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने निर्णय



पोखरा । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी गरिएको छ ।

बुधबारको कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको हो ।

पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको महानगरले जनाएको छ । त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ ।

तर, वडाध्यक्ष शिव आचार्य भने सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउँ प्रस्ताव गरिएको बताउँछन् । ‘अहिले नै सार्ने भनेको होइन । सम्भाव्यता अध्ययनका लागि कार्यपालिकाले पास गर्नुपर्ने रहेछ । अध्ययनका लागि जग्गा छानिएको हो,’ उनले भने, ‘२-४ ठाउँ हेरेका छौं । कता उपयुक्त हुन्छ, त्यो आँखाले हेरेर हुन्न अध्ययन नै गर्नुपर्छ ।’

उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि जग्गाको खोजी गरिएको बताए । पन्चेपाटन, जौबारी, कुमालटार लगायतका जग्गा प्रस्ताव गरिएको छ । ‘वरपर सार्वजनिक जग्गा छन् । व्यक्तिले सरकारी जग्गा पनि चर्चेर खेती गरेका छन्,’ उनले अघि भने, ‘१ सय रोपनी किन्यौं भने १ सय रोपनी सार्वजनिक हुन्छ । २ सय रोपनी भए ल्याण्डफिल सार्न जग्गा पुग्छ ।’

यसअघि पोखरा १६ र २० को सीमानामा ल्याण्डफिल सार्ने निर्णय गरेकोमा स्थानीयको अवरोधले अघि बढ्न सकेन । विमानस्थल सन्चालनका लागि अहिलेको ल्याण्डफिल सार्नुपर्ने पहिलो सर्त छ । पोखरा महानगरलाई ४ वर्षअघि नै ल्याण्डफिल सार्न अनुरोध गरिएकोमा महानगरले चासो नदिँदा अहिले समस्या भएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ५६ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन