२३ बैशाख २०८१, आइतबार | May 5, 2024

इनरह्लि क्लब अफ बुटवलद्धारा २५ विपन्न घर परिवारलाई राहत प्रदान



बुटवल । बुटवल ११ न्यू दुर्गानगरमा अवस्थित मायादेवी महिला समुहमा आवद्ध २५ विपन्न घर परिवारलाई इनरह्लि क्लब अफ बुटवलले राहात प्रदान गरेको छ ।

ज्याला मजदुरी गरेर दैनिकी चलाउदै आएका यो परिवारलाई लकडाउनले गर्दा काम गर्न नपाएपछि विहान साझको चुलो बाल्न धौधौ परेको हो । ईनरह्लि क्लव अफ बुटवलले कोरोना भाइरस नियनत्रणका लागि नेपाल सरकारको निर्णय लकडाउन को पालना गर्दै घर भित्रै बस्नु परेकाले ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने परिवार खानाबाटै बन्चित हुनु परेको समाचार संचारमाध्यममा आएपछि यस्ता परिवारको खोजि गरि सहयोग गर्ने निर्णय गरेको क्लबका अध्यक्ष प्रमीला श्रेष्ठले बताउनुभयो ।

स्वार्थ भन्दा माथि सेवाको भाव भन्ने नारासंगै विभिन्न सामाजिक कार्य गर्दै आएको र यो कोरोना संकटको बेला पनि आफूहरु मानविय सेवामा जुटेको अध्यक्ष श्रेष्ठले भन्नुभयो । ईनरह्लि क्लव अफ बुटवलको आर्थिक सहयोग र दलित महिला संघ रुपन्देही(फेडो) को समन्वयमा २५ केजीको २५ बोरा चामल,२ केजी दाल,१ केजी स्वयाविन,१ लिटर तेल गरि ५० हजार मुल्य बराबरको राहात वितरण गरिएको क्लवका कोषाध्यक्ष बुलबुल श्रेष्ठले जानकारी दिनुभयो ।

राहत ग्रहण गर्दै आफूहरुलाई समस्या परेको बेला इनरह्लि क्लबले खाद्यान्न प्रदान गरि सहयोग गरेकोमा मायादेवी महिला समुहका अध्यक्ष एवं विपन्न परिवारका सदस्य बिना शर्माले क्वबलाई धन्यवाद व्याक्त गर्नूभयो ।

शनिबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ दुर्गा नगरमा अबस्थित मायादेवी विद्यालय प्राङ्गणमा गरिएको राहात वितरण कार्यक्रममा ईनरह्लि क्लव अफ अध्यक्ष बुटवलका पूर्व अध्यक्षहरु सरस्वती श्रेष्ठ, भारती जोशी, लक्ष्मी बस्याल,इलेक्ट प्रेसीडेन्ट शोभा जोशी, सदस्य यमुना श्रेष्ठ,विश्व श्रेष्ठ, दलित महिला संघ फेडो रुपन्देहीका अध्यक्ष मनु खडका, समाजसेवी धन बहादुर गुरुङ्ग लगायत को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ४ : २४ बजे

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३