२० माघ २०८२, मंगलबार | February 3, 2026

सीसीएले दियो एसीसीएका विद्यार्थीलाई ‘एब्रोड स्टडी काउन्सिलिङ (एसीसीए रुट)’



काठमाडौं । काठमाडौंको थापागाउँमा रहेको सर्टिफाईड कलेज अफ एकाउण्टेन्सी (सीसीए)ले करियर काउन्सिलिङ फर एब्रोड स्टडी (एसीसीए रुट) विषयक एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।

लर्निङ पार्क एजुकेशन सर्भिसेसको सहकार्यमा काठमाडौंमा सम्पन्न कार्यक्रममा एसीसीए पढिरहेका करिब ५ सय विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीले आफ्नो एसीसीए यात्रालाई अन्तराष्ट्रिय स्तरमा लान चाहने विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम निकै उपयोगी रहेको बताएका थिए ।

अन्तराष्ट्रिय कोर्ष एसीसीएबाट पासआउट भएका विद्यार्थीहरुका लागि पछिल्लो समय नेपालका कर्पोरेट संस्थाहरुमा स्कोप बढ्दै गएको छ । अझ विदेश गएर अकाउण्टेन्सीमै आफ्नो करियर बनाउन चाहेका विद्यार्थीहरुका लागि त एसीसीए महत्वपूर्ण कोर्ष बनेको छ ।

करिब ३ वर्षमा सकिने एसीसीएका विद्यार्थीहरुले नेपालसँगै विश्व बजारमा समेत आफ्नो भविष्य बनाउन सक्छन् । नेपालमा बसेर एसीसीए पढ्न खर्च कम लाग्ने र आफु अनुकुल समयमा पढ्न समेत सकिने भएका कारण विद्यार्थीहरुका लागि यो कोर्ष पहिलो रोजाई बन्न थालेको हो ।

नेपालमा एसीसीए पढ्न सुरु गरेका विद्यार्थीहरु विश्वको जुनसुकै देशमा गएर पनि सहज रुपमा आफ्नो पढाईलाई निरन्तरता दिन सक्छन् । यसै कुरालाई मध्यनजर गर्दै सीसीएले करियर काउन्सिलिङ फर एब्रोड स्टडी (एसीसीए रुट) कार्यक्रम गरेको हो ।

अकाउण्टेन्सी फिल्डका विद्यार्थीले अन्त्यन्तै रुचाएको एसीसीए अध्यापनमा सीसीए अग्रणी रहेको छ ।

 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : २४ बजे

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २