२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

महिलालाई आर्थिक पहुँचको नेतृत्वमा ल्याउनुपर्छ



बुटवल । आर्थिक क्षेत्रको पहुँचमा महिलाले नेतृत्व लिनुपर्ने एक कार्यक्रममा बत्ताहरूले जोड दिएका छन् । महिलाको अर्थपूर्ण सहभागिता आजको मूल मुद्दा भएको राष्ट्रिय महिला आयोगको आयोजनामा शनिबार बुटवलमा राजनीतिक पार्टीका प्रमुख र प्रतिनिधिसँग प्रदेशस्तरीय अनुसन्धान अन्तरक्रिया कार्यक्रममा सहभागीले भने ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तिमगरले महिला अधिकारको विषयमा आम नागरिकमा सचेतना जगाउने गरी कार्यक्रम सञ्चालन गरी एउटा घरपरिवार हुँदै समुदाय र देशमा परिवर्तन आउने हुनाले यसमा सबै लाग्नुपर्ने सुझाव दिइन् ।

नेपालका राजनीतिक दलले महिलालाई नेतृत्व तहमा ल्याउने गरी योजना बनाउनुपर्ने उनले भनिन् । आयोगका सदस्य विद्या कुमारी सिन्हाले राजनीतिक गठबन्धनको नाममा महिलालाई नेतृत्वबाट वञ्चित गर्न खोजिएको गुनासो गरिन् ।

दल गठबन्धन गरेर पुरुष उम्मेदवारलाई प्राथमिकता दिएको उनको तर्क छ । आर्थिक रूपमा महिला सबल नभएसम्म नेतृत्वमा आउन नसक्ने उदाहरण दिँदै उनले महिलालाई छाया पार्न कुनै नीतिनियम नभएको उनले दाबी गरिन् ।

संविधानमा समानुपातिक सहभागितालाई जोड दिएको भए पनि आफूहरू अर्थपूर्ण सहभागिताको विषयलाई महत्त्वपूर्ण दिएको उनले बताए । खर्चिलो चुनाव प्रणालीलाई समेत रोक्नुपर्ने भन्दै उनले दलमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताइन् ।

कार्यक्रममा रुपन्देही जिल्ला समन्वय समितिका संयोजक एकराज विक, अन्तरपार्टी प्रदेश अध्यक्ष गंगा शाही, नेपाली कांग्रेस महिला संयोजक रिता सेन, नेपाली कांग्रेस रुपन्देही जिल्ला कोषाध्यक्ष हरि अर्याल, नेकपा एमालेकी सावित्री अर्याल, एकल महिला समूह रुपन्देहीकी राधिका श्रेष्ठले महिलालाई नेतृत्वमा ल्याउने सवालमा गम्भीर रहेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ३६ बजे

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौ । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने