१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल



भैरहवा । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः विष्णुप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १०औं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन भएका छन् । महासचिव गौतम पनि पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै सचिवमा बाल किसुन गुप्ता बानिया र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् । सचिवका प्रत्याशी लीलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बानिया र कोषाध्यक्षका प्रत्याशी वसन्त भट्टराईपछि पार्दै पाण्डे निर्वाचित भएका छन् ।

सदस्यमा रबिन खरेल, झवीन्द्र कुमार चोखला, जगदिसप्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले जानकारी दिए ।

निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचित अध्यक्ष खरेलले निर्वाचनसँगै आफूमाथि थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायी सघं सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : २४ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत