१० पुस २०८२, बिहिबार | December 25, 2025

लैंगिक समानताका लागि महिलाको नेतृत्व विषयक गोष्ठि बुटवलमा सम्पन्न



बुटवल । लैंगिक समानताका लागि महिलाको नेतृत्व विषयक गोष्ठि बुटवलमा सम्पन्न भएको छ ।

किशोरी अधिकार मञ्च र महिला मानव अधिकार रक्षकहरुको सञ्जालको आयोजनामा, ओरेक र केएर नेपालको सहकार्यमा गोष्ठी सम्पन्न भएको हो ।

किशोरी अधिकार मञ्च रुपन्देही की अध्यक्ष सुनिता हरीजनको अध्यक्षता भएको गोष्ठीमा सहभागिहरुले किशोरीलाई सचेत बनाउंदै उनीहरु माथी लगानी गरे महिला शशक्तिकरण बढ्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले महिलाको नेतृत्व र क्षमता विकासमा तिलोत्तमा नगरपालिकाले धेरै काम गरेको भन्दै अब महिलाहरुको समान सहभागिता जरुरी रहेको बताए । अहिले पनि धेरै ठाउंमा महिलाहरुलाई आरक्षणमै सिमित गर्न थालेको भन्दै नेतृत्वमा अब आरक्षणबाट मात्र नभई खुल्ला प्रतिस्पर्धा बाट अघि बढ्नुपर्ने उहांको भनाई छ । समाजले नै महिलाको नेतृत्व स्वीकार नगरेको उनले बताए ।

कोटईमाई गाउंपालिकाकी उपाध्यक्ष भानमती बनियाले महिलाहरुका सवाल अझै पनि धेरै उठ्न बांकी रहेको भन्दै अब नेतृत्वमै पुगेर समधानका लागि पहल गर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा, नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि उप सचिव सरीता श्रीस, ने.क.पा माओबादी केन्द्र प्रदेश सदस्य पुष्पराज ढकाल, अन्तरपाटी महिला सञ्जालका रिता सेन, टिका वली, लगायतले बोल्दै राजनितिमा ३३ प्रतिशत मात्र नभएर समापुपातिक रुपमा सहभागिता बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी र ओरेक बुटवलका कार्यक्रम अधिकृत धनकुमारी चौधरीले महिलाका मुद्धा र सवाल बारे प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा ओरेकले हाल सम्म गरेको गतिबिधि बारे जानकारी र ओरेकको ३१ औ बर्षिक उत्सवको अवसरमा महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरण आधार भन्ने नाराका साथ राष्टब्यपी अभियानको शुभारम्भ गरिएको थियो । यो अभियान स्थानिय, प्रदेश र संघको निर्वाचन सम्म जारी रहने धन कुमारी चौधरीले जानकारी दिए । महिला मानव अधिकार रक्षक सञ्जाल रुपन्देहीकी सचिव अस्मिना पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन