१० पुस २०८२, बिहिबार | December 25, 2025

बढ्न थाले पर्यटक, गत महिना आए ४२ हजार



काठमाडौं । कोरोना भाइरसको महामारी कारण सुस्ताएको पर्यटन क्षेत्र तंग्रिन थालेको छ भने पर्यटक आउने क्रम पनि बढेको छ ।

नेपाल पर्यटन बोर्डले सन् २०२२ को मार्चमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक आएको जनाएको छ । जबकि, अघिल्लो वर्ष सन् २०२१ को मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए ।

यो वर्षको मार्चमा पर्यटकको आगमन कोरोना महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : १० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन