१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

अपिलको माध्यमबाट माओवादी केन्द्रको प्रारम्भिक घोषणापत्र सार्वजनिक



बुटवल । नेकपा माओपादी केन्द्रले स्थानीय निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता सहितको अपिल प्रकाशित गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रकाशित गरिएको माओवादीको अपिलमा पुर्व पश्चिम रेलमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण जोड्ने कोरीडोर सडक, देशका विभिन्न भुभागलाई जोड्ने सडक सञ्जालको निर्माण, विमानस्थल र हवाई सेवा विस्तार, सञ्चार प्रविधिको विकास, उर्जा उत्पादन र विद्युतिकरण, कृषि, पर्यटन र वन तथा प्राकृतिक सम्पदाहरुको विकास, छिमेकीहरुसँगको सन्तुलित सम्बन्ध, शिक्षा र स्वास्थ्य नीतिमा भएका जनपक्षीय परिवर्तन, सामाजिक सेवाको क्षेत्रमा राज्यको दायित्वमा गुणात्मक बृद्धि आदी नीतिहरु माओवादीले नै कोरेको मार्ग चित्र भएको दाबी गरिएको छ ।

अपिलमा जनक्रान्तिका उपलब्धिहरुको रक्षा र सामाजिक न्याययसहित आर्थिक सामाजिक रुपान्तरण नै समाजवाद उन्मुख समृद्धिको सार भएको उल्लेख गर्दै सामाजिक न्यायसहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवाद उन्मुख समृद्धिका दुई मुख्य पिलर भएको लेखिएको छ । ‘समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको हिस्सेदार समेत बनाउने नेकपा (माओवादी केन्द्र) को विकास मोडेलबाट नै समाजवाद उन्मुख समृद्धि सम्भव हुँदै जानेछ ।’ अपिलमा भनिएको छ ।

‘सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहल कदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट हामीले सामाजवाद उन्मुख समृद्धिको परिकल्पना गरेका छौं ।’ अपिलमा लेखिएको छ, -‘नागरिकका आधारभूत आवश्यकताको परिपूर्ती र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ती, उत्पादनमुखी अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसरहरुको सिर्जना, विचौलियाहरुको भूमिकालाई न्यूनीकरण, वातावरण मैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि हाम्रो विकास नीति र प्राथमिकता हुन् ।’

पूर्ण पाठ :
[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Apeal_Maoist-Centre-2078-12-20.pdf” title=”apeal”]

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : ३२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ