१० असार २०८३, बुधबार | June 24, 2026

खेर जाने अवस्थामा कोडिभ-१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव



काठमाडौं । केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड(१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।

‘मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ,’ प्रमुख दाहालले भने ।

मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २ देखि ८ डिग्रीको खोप भण्डारण बक्समा राख्नुपर्छ । जुन एक महिनाभित्रमा लगाइसक्नुपर्ने हुन्छ । त्यो अवधिमा खोप लगाउन नसकिएको खण्डमा स्वतः खेर जाने प्रमुख दाहालको भनाइ छ ।

कति मात्रामा खोप खेर गयो भन्ने तथ्यांक न स्वास्थ्य सेवा विभागमा छ न त सम्बन्धित जिल्लाको खोप शाखामा । विभागले खेर गएको खोपको पनि विवरण जिल्लासँग माग गरेको छ ।

नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकालाई मोडर्ना यो खोप लगाइएको थियो । हालसम्म नेपालमा ३७ लाख डोज मोडर्ना खोप आइसकेको छ । ‘माइनसको तापक्रमबाट बाहिर निकालेर जति सक्दो खोप लगाइसक्नु पर्छ । अहिले खोप लगाउनेको संख्यामा कमि आइरहेको छ । जसले गर्दा केही मात्रा खेर गएको हुनसक्छ,’ प्रमुख दाहालले भने ।

सामान्यता केही मात्रा खोप खेर जान्छ भन्ने नै हुन्छ । तर, ठूलो परिमाणमा खोप खेर गयो भने त्यो गम्भीर विषय बन्ने उनको भनाइ छ । परिवार कल्याण महाशाखा प्रमुख डा। विवेककुमार लालले मोडर्ना र फाइजर खोप भण्डारमा चुनौती रहेको बताए ।

अहिलेसम्म मोडर्नाको १० हजारभन्दा बढी डोज त्यसरी नै लगाउन नपाउँदै खेर गइसकेको छ । तर, स्वास्थ्य अधिकारीहरूलाई यति मात्रामा खोप खेर गएको दाबी स्वीकार गर्दैनन् ।

काठमाडौं उपत्यकासहित विभिन्न प्रदेश तथा जिल्लाबाट यसरी खोप खेर गइरहेको विवरण विभागमा आउने गरेको छ । खोप लगाउने मानिसको संख्यामा कमि आउँदा खोप खेर जाने क्रम जारी रहेको महाशाखा प्रमुख डा। लालले बताए ।

खोप खेर जान नदिनको लागि विभागले लेवल नै टाँसेर पठाउने गरेको छ । ‘खेर नजाओस भनेर जुन ठाउँमा पठाउने हो, त्यहाँ त्यो खोप कहिले बनेको हो र कहिले ल्याएर आएको स्पष्ट देखिने गरी लेखेर पठाउँछौं । त्यो सम्बन्धित निकायले हेर्नुपर्छ,’ खोप शाखा प्रमुख दाहालले भने ।

यसअघि पनि मिति सकिनै लागेको अस्ट्राजेनिका खोप लगाइएको थियो । भुटान र जापान सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख ३० हजार डोज अस्ट्राजेनिका खोप मिति सकिने लागेको अवस्थामा नेपाल ल्याइएको थियो । जसमा जापानले १६ लाख र भुटानले दुई लाख ३० हजार डोज अस्ट्राजेनिका खोप उपलब्ध गराएको थियो ।

उक्त खोप यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका १३ लाख ६८ हजार जनालाई लगाएको थियो भने बाँकी रहेको खोप १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी, यसअघि खोप लगाउन छुटेकाहरू लगायतलाई लगाइएको थियो ।

भुटानबाट आएको खोप म्याद सकिन तीन सातामात्र बाँकी थियो भने जापानबाट आएका खोप दुई महिनापछि । मिति सकिन लागेपछि सरकारले एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको थियो ।

सामान्यतया खोपको प्रयोग मिति सकिनुभन्दा जति समय बढी हुन्छ त्यति राम्रो हुन्छ । तर, मिति सकिनुभन्दा एक दिन अगाडिसम्म पनि खोप लगाउन सकिने विज्ञहरूको भनाइ छ ।

 

खोप लगाउने क्रम घट्यो, लक्ष्य भेट्टाउन गाह्रो

सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर, त्यो लक्ष्य भेट्टाउन मुस्किल छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै लक्षित समूहलाई चैत मसान्तभित्रमा खोप लगाइसक्ने थियो ।

एक करोड ९९ लाख २२ हजारभन्दा बढी जनसंख्यालाई खोप लगाउने लक्ष्य सरकारको छ । तर, हालसम्म ८२।८ प्रतिशतले पूर्ण मात्रा र ९३।७ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाइसकेका छन् ।

अबको एक साताभित्रमा ३४ लाखभन्दा बढीलाई पूर्ण मात्रा खोप दिइसक्नुपर्छ । तर, त्यो सम्भव छैन । किनकी हाल दैनिक खोप लगाउनेको संख्या क्रमिक रूपमा घट्दै गएको छ । लक्ष्य भेट्टाउनको लागि दैनिक पाँच लाख जनसंख्याले खोप लगाउनुपर्छ ।

नेपालमा हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० डोज खोप प्राप्त भएको छ । जसमध्ये चार करोड २ लाख ९५ हजार ८८८ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । अझै ७५ लाख ८६ हजार ९१२ डोज खोप मौजाद छ ।

खोप शाखा प्रमुख दाहाल भने मेडिकल क्षेत्रमा शत प्रतिशत सम्भव हुनै नसक्ने बताउँछन् । ‘यो खोप लगाउने विषयमा शत प्रतिशत त सम्भव हुँदैन । तर, हामीले उल्लेख्य प्रगति हासिल गरेका छौं,’ उनले भने, ‘यतिको जनसंख्यालाई खोप लगाउनु भने निकै चुनौतीको काम थियो । त्यो सन्तोषजनक नै छ ।’

खोप लगाउन आउनेको संख्या क्रमिक रूपमा घट्दै जाँदा खोप खेर जाने क्रम पनि बढीरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ३७ बजे

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको