१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

संयुक्त समाजवादी मोर्चा एकीकृत समाजवादीमा विलय



काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ ।

क्रान्तिकारी माओवादी परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित भएको हो ।

बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दजनौँलाई एकीकृत समाजवादीमा प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफुहरुको तत्कालित पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरि संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफुहरु सिद्धान्त मिलेकाले प्रवेश गरिएको बताए ।

एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफुहरुको योगदान हुने उनले जिकिर गरे ।

उनले आफ्नो मोर्चामार्फत् देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : २० बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा