२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् ।

नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँणले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राखे ।

“राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय कांग्रेसले बिर्सनु हुँदैन्”, मन्त्री खाँणले भने, “नेपालमा दिगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको हो ।” गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले ‘खोलो तरेर लौरो बिर्सन नहुने’ स्मरण गराए।

“गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छौँ”, मन्त्री खाँणले भने, “नदीमा बाढी आउँदा लौरेले खोला तर्ने अनी पारी तरेपछि लौरो बिर्सन हुँदैन । नयाँ चुनाव भएर संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन कायम रहन्छ ।” संसद्मा साथै भएका दलसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संविधान, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन दिए ।

नेपाल छन्त्याल सङ्घको सातौँ महाधिवेशनमा भाग लिन बेनी आउने क्रममा मन्त्री खाँड हेलिकप्टरमार्फत धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका थिए । छन्त्याल र दलित समुदायको बसोबास रहेको विकट गुर्जा जस्ता बस्तीका बासिन्दा र त्यहाँ कार्यरत कर्मचारीलाई थप सुविधा दिनेगरी योजना र नीति बनाउनुपर्ने मन्त्री खाँडको भनाइ थियो ।

यसैगरी आमाका नामबाट वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि मन्त्री खाँडले बताए । आमाका नामबाट नागरिकता नपाउँदा समस्यामा परेका बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगमले उनलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।

मन्त्री खाँडलाई नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जिल्लाको वस्तु अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ०५ बजे

राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित

६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,

साढे सात महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

पर्वत । साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन, कांग्रेसले छोडेन अडान

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक