१९ माघ २०८२, सोमबार | February 3, 2026

औषधी व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर : औषधी व्यवसायी



बुटवल । औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १४ वर्ष औषधी आयात गर्दा तोकिएको मुल्य समायोजन नगरिए व्यवसाइहरु आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन। शुक्रबार रुपन्देहीमा सम्पन्न नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले १४ वर्ष पुरानो औषधी आयात गर्दा तोकिएको मुल्यलाई अध्यावधिक नगर्दा आयात अनुमति नै नबिकरण हुन नसक्ने अवस्था आएको बताए ।

उनले व्यवसायीहरु औषधी ब्यवसायलाई मर्यादित र उत्तरदायी बनाउन अग्रसर भएपनि सरकारको ध्यान नगएको उनले दुखेसो गरे । संघ स्थापना भएको ४९ वर्ष पुगिसक्दा पनि सरकारले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको गुनासो गर्दै उनले व्यवसायीहरु सरकारसँग मिलेर व्यवसायलाई स्वच्छ र जन उत्तरदायी बनाउन तत्पर रहेको बताए ।

उनले करिब ५५ देखि ६० अर्ब रुपैयाको वार्षिक ब्यापार गर्ने ब्यवसायीप्रति सरकार सकारात्मक हुन नसकेको गुनासो समेत गरे । टेण्डर प्रक्रियाबाट औषधी खरिद गर्दा सरकारी अस्पताल र निजी क्षेत्रको औषधी खरिद मुल्यमा फरक हुने गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सरकारी अस्पतालहरुमा सप्लाई गरिने औषधीको पहिचान खुलाउन माग गरे ।

श्रेष्ठका अनुसार नेपाल सरकारले ९६ वटा उत्पादन औषधीहरुको मूल्य निर्धारण गरेर वितरण गर्ने कार्यविधि बनाएपनि नेपालमा खपत हुने औषधीको ५५ प्रतिशत औषधी बाहिरी मुलकुबाट आयात हुने गरेको छ ।

अध्यक्ष श्रेष्ठले नविकरणको समयावधीलाई बढाएर पाँच वर्षिय बनाउनुपर्ने बताउँदै सरकारी निकायमा दर्ता नभई संचालनमा रहेका फार्मेसीहरुलाई कडाईका साथ कानुनी दायरामा ल्याउन समेत माग गरे ।

व्यवसायी संघका प्रदेश अध्यक्ष शिव ज्ञवालीले सरकारले अस्पताल भित्रै फार्मेसी संचालन गरेर सर्वसाधारणमाथि लुट मच्चाएको आरोप लगाए । उनले फार्मेसी र निजी क्षेत्रले बिक्री गर्ने खुद्रा मुल्य समान भएपनि सरकारी फार्मेसीहरुले टेण्डरबाट सस्तो मुल्यमा खरिद गर्ने र बढी मुनाफा खाने गरेको आरोप लगाए ।

सर्जिकल ब्यवसायका कारण आफुहरु मर्कामा परेको भन्दै उनले मुल्यको विषयमा गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा एक वर्ष कार्यकालको अवधिमा संघको इतिहास समेटेर तयार पारिएको स्मारिका विमोचन गरिएको थियो। कार्यक्रममा उत्कृष्ट जिल्ला शाखाका रुपमा रुपन्देही शाखालाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो भने प्रोत्साहन शाखाका रुपमा बर्दिया र पाल्पा जिल्लालाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको छ ।

लुम्बिनी प्रदेशभर ३ हजार बढि ब्यवसायी संघमा आवद्ध रहेको र देशभर २१ हजार सदस्य संघमा आवद्ध रहेका छन।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : २० बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली