६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले बुटवल-१ मा पुरानै टिम चुनावमा भिड्दै



बुटवल । नेकपा एमालेको बुटवल उपमहानगर वार्ड नम्बर-१ कमिटीले पुरानै उम्मेदवारहरुलाई आगामी स्थानीय निर्वाचनका लागि सिफारिस गरेको छ । वार्ड कमिटीले वर्तमान अध्यक्ष महेन्द्र लिगलको नेतृत्वमा रहेको पुरानो टिमलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकले यसअघिको वडामा निर्वाचित जनप्रतिनिधिहरुको कामको सकारात्मक मुल्याँकन गरेको वडा अध्यक्ष लिगलले बताए । बैठकले अघिल्लो चुनावमा पार्टीले घोषणापत्रमा व्यक्त गरिएका अधिकांस प्रतिबद्धताहरु पुरा भएको ठहर गर्दै पुरानै टिमलाई पुनः निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरिएको लिगलले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बुटवल १ बाट अध्यक्षमा महेन्द्र प्रसाद लिगल तथा सदस्यहरुमा दलित महिला सदस्य बिष्ण कुमारी नेपाली, खुल्ला सदस्य मदन कुमार श्रेष्ठ र सतिश कसौधनले जितेका थिए । निर्वाचनमा महिला सदस्यकी उम्मेदवार रन्जु भट्टराई १२ मतले पराजित भएकी थिईन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ३५ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक