२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बुटवलको जेठो नेवाः संस्था नेवाः पुचले मनायो २३ औ वार्षिकोत्सव



बुटवल । नेवाः पुच नेवा सेवा समिति रुपन्देहीको २३ औं बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाईएको छ । बुटवल स्थित पुच:को कार्यालयमा आयोजित बार्षिक उत्सव कार्यक्रममा क्यालेण्डर बिमोचन तथा भवन निर्माणका दाताहरुलाई सम्मान गरिएको छ ।

वार्षिक उत्सव कार्यक्रममो बोल्ने वक्ताहरु नेवाः पुचले नेवारी भाषा, संस्कृतिको सम्बर्धन संगै सामाजिक क्षेत्रमा पनि सहभागीता जनाएको बताए । उनीहरुले संस्कृति बचाउनका लागि भाषाको महत्व रहने उल्लेख गद्रै जानी नजानी मातृभाषा बोल्न छाड्न नहुनेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आदीबासी जनजाती मंहासंघ रुपन्देखिका अध्यक्ष शंकर गाहा मगरले देशको प्रधानमन्त्री भइसकेका व्यक्ति एमाले अध्यक्षले शहिद लखन थापालाई अपमान गरेर देशभरीका आदीवासी जनजातीको मन दु्खाएको गुनासो गरे । उनले राज्यमा बसेकाहरुले आदीबासी जनजातीलाई सधैं हेला गर्ने गरेको समेत बताए ।

इतिहासकार विमलबहादुर शाक्यले समुदाय र जातीको संस्कृति बचाउन भाषाको ठूलो महत्व रहने बताउँदै जतिआउँछ त्यती मात्र भएपनि मातृभाषा बोल्न समुदायलाई आग्रह गरे । उनले बोल्न लाज मानेकै कारण भाषा लोप हुने अवस्थामा पुगेको भन्दै उनले आमाहरुले भाषा सिक्नै पर्ने बताए ।

पुचका अध्यक्ष काजिमान श्रेष्ठले जिम्मेवारीमा बस्नेहरुले समुदायबाट पाएको जिम्मेवारी पुरा गर्नु पर्ने बताए । पदीय जिम्मेवारी लिएपछि सक्रिय भएर काम गर्न पदाधिकारीहरुलाई उनले आग्रह गरे ।

कार्यक्रममा सम्दायबाट लायन्स क्लवमा डिस्ट्रिक बी टु को उच्च पदमा पुग्न सफल भएको भन्दै लायन अजुनमान सैजुलाई सम्मान गरिएको थियो । नेवा पुचको भवन बनाउन आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको थियो ।

बुटवल र यस आसपासका क्षेत्रमा रहेको नेवार समुदायलाई संगठीत गर्ने उद्देश्यले २०५६ साल चैत्र २७ गते दिन नेवाः पुचको गठन भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ०७ बजे

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाडौ । पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,