१७ श्रावण २०८३, आइतबार | August 2, 2026

काठमाडौंका जग्गा भूमाफियाको कब्जामा परे : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन् ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले काठमाडौंका जग्गा भूमाफियाको कब्जामा परेको बताएका हुन् । देउवाले काठमाडौंका खाली ठाउँहरुमा भूमिाफयाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि उनले चेतावनी दिए ।

प्रधानमन्त्री देउवाले काठमडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘अहिले काठमाडौंमा जुन किसिमाको फोहोर नै फोहोर छ । व्यवस्थापन भएको छैन । फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन गर्न जरुरी छ । ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले आफैँले देखेर आएको छु धरानमा । फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ । विदेशी राजदुतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् । अर्को कुरा भूमाफियाहरुले जथाभावि ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ । नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीतालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १ : १६ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र