१० पुस २०८२, बिहिबार | December 25, 2025

ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा बालिकाको ज्यान गयो



अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाको ज्यान गएको छ ।

अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभूत विद्यालयका शिक्षक पदम पौडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको हो । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् ।

विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेको र ब्रेक लगाउँदा लगाउँदै बीचको टायरमा टाउको परेको स्थानीयले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : १० बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न