१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नयाँ बर्षमा नबिल बैंकले ल्यायो क्यासब्याक योजना



काठमाडौ । नबिल बैंकले नयाँ वर्षको अवसरमा महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (UNCDF) को सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ ।

सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर  एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु.२०० र प्रति दिन प्रति मर्चेन्ट अधिकतम रु.५०० सम्म क्यासब्याक  प्रदान गरिनेछ । यो योजना २०७९ बैशाख १ गतेदेखि लागु हुनेछ ।

यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ५० बजे

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई