६ पुस २०८२, आइतबार | December 21, 2025

अर्घाखाँचीको छत्रदेवमा कांग्रेस एमालेलाई पशुपतिको चुनौती



अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकाँश पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमस लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाई भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो ।

तर यो पटक परिस्थिती बदलिएको छ । नेपाली काँग्रेसले आफ्नो पेवा ठान्ने र नेकपा एमालेले आफुले सुधार गरेको दावी गर्ने छत्रदेवमा एक युवा चर्चामा छन्। गाउँमै कृषि व्यवसायबाट बर्षको आधा करोडको हाराहारीमा कारोवबार गर्ने नमूना उद्यमी युवा पशुपति पाण्डेको उम्मेदवारीले छत्रदेव तरंगित भएको छ ।

प्रत्येक घरमा दैनिक कम्तिमा ५ सय देखी १ हजार सम्म आम्दानीको सुनिश्चित गर्नेदेखि निःशुल्क अनि गुणस्तरीय शिक्षा स्वास्थ्यको नारा सहित उम्मेदवारी घोषणा गरेका पाण्डेको उम्मेदवारीले प्रमख राजनीतिक दललाई चुनौति दिएको छ ।

एक जना मतदाताले नाम प्रकाशन नगर्न शर्तमा ‘आफ्नो पार्टी त्याग्न सक्दिन तर एकजना भाईले उम्मेदवारी घोषणा गर्नुभएको छ रे यो पटकको चुनावमा उहाँलाई हेर्ने परिवारमा सल्लाह भएको छ ।’

विवेकशील साझा पार्टी अर्घाखाँचीका संयोजक समेत रहेका पाण्डेका आक्रामक नाराहरुका कारण उनले यसपटक कांग्रेस र एमालेलाई चुनौती दिने भएका छन् ।

यता जीवनमा पहिलोपटक चुनावी मैदानमा उत्रीएका पाण्डे आफू निर्वाचित हुनेमा ढुक्क छन् । ‘हो मसित जनआधार छैन, टोलटोलमा संगठन छैन,’ पाण्डेले भने ‘तर योपटक छत्रदेव बासीको विवेक नै मेरो जितको आधार हो । गाउँगाउँमा मेरो पक्षमा नारा जुलुस नहोलान तर घरघरबाट साथ पाउनेमा ढुक्क छु ।’

‘प्रत्येक घरमा नियमित आम्दानी कम्तिमा दैनिक ५००–१०००, मासिक १५ – २५००० कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म स्वयं गाउँमै कृषि उद्यमि भएकोले राम्रो सङ्ग थाहा छ । म आफै कुनैपनी राज्यसत्तामा छैन र पनि गाउँको उत्पादन बुटवल, पोखरा र काठमाडौ पुर्याइरहेको छु भने अब यहि दसै देखि बिदेशमा पनि निर्यात गर्ने योजनामा छु । तसर्थ म ४८०० घरमै नियमित आम्दानिको सुनिस्चित गर्नेछु ।’ पाण्डेले भने

प्रत्येक विद्यालयमा टाढाका विद्यार्थीलाई यातायात सुविधा सहित गुणस्तरीय शिक्षाको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहने पाण्डेले बताए । ‘गुणस्तरमा अत्यन्तै कमजोर भएको बिधालयमा प्रयाप्त श्रोतसाधन नहुदा पनि आफै प्राईभेट शिक्षकलाई तलब दिएर, आफू स्वयं बिद्यार्थीलाई पढाएर गुणस्तर ल्याउन सफल भएकोले म ढुक्क छु सबै बिधालयलाई प्राइभेट भन्दा राम्रो गुणस्तरीय शिक्षा दिएर टाढाका बिद्यार्थीलाई यातायात सुबिधाको समेत सुनिस्चितता दिनेछु,’ पाण्डेले भने

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १० : ३८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र