६ पुस २०८२, आइतबार | December 21, 2025

माओवादी बैठक : एकतावद्ध भएर चुनावमा केन्द्रित बन्न प्रचण्डको निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहदेखि प्रदेश र संघसम्म नेपाली कांग्रेस लगायतका दलहरुसँग तालमेल गरेरै जाने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले तालमेलका बारेमा साझेदार दलहरुसँग आवश्यक छलफल गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह चुनावका लागि गठबन्धन दलहरुसँग तालमेलका बारेमा भैरहेको छलफलबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए । त्यस क्रममा स्थानीय तहदेखि प्रदेश र संघसम्मै कांग्रेस लगायतका दलहरुसँग तालमेल गरेरै अघि बढ्ने बारेमा प्रचण्डले जोड दिएका छन् ।

प्रचण्डले नेताहरुमार्फत पार्टी पंक्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशन पनि दिएका छन् । परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन, गठबन्धन दलहरुबीच तालमेल नभएको अवस्थामा पनि एमालेसँग तालमेल नगर्न पनि प्रचण्डले निर्देशन दिएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनको समयमा पार्टी प्रवेशको लहर चलेको जनाउँदै प्रचण्डले त्यसक्रममा पार्टीमा प्रवेश गरेकाहरुलाई केन्द्रदेखि तल्ला कमिटीसम्म उचित भूमिका दिनुपर्ने भएकाले सबै कमिटीको हाल निर्धारित संख्या बढ्न सक्ने जनाएका थिए ।

 

 

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : २९ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र