६ पुस २०८२, आइतबार | December 21, 2025

केन्द्रीय निर्णयको बिरोधमा भरतपुर र बिरगञ्जका कांग्रेस, आज बस्ने कार्यसम्पादन समितिले निकास देला ?



काठमाडौं । पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र बिरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भएलगत्तै स्थानिय नेताले अस्विकार गरेको सार्वजनिक गरिरहेको सन्दर्भमा नेपाल कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।

अपरान्ह २ बजे सानेपास्थित केन्द्रिय कार्यालय बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ वटा नगरपालिका र ११ वटा नगरपालिकाको मेयर र उपमेयरसहित पाँच दलीय भागवन्डामा कुन–कुन आधारमा गर्ने र कांग्रेसलाई कुन–कुन भागमा पर्ने हो ? सो बिषय टुंग्याउन कोशिश गर्नेछ ।

‘कार्यसम्पादन समितिको आजको बैठक मुख्यततः महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका बारेमा एउटा टुंगोमा पुग्नेछ,’ कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पाँच दलीय भागवन्डालाई कसरी ब्यवस्थापन गर्ने ? भन्नेमा पनि बैठकले आवाश्यक निर्णय लिनेछ ।’

सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागवन्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुंगोमा पुग्न भने सकेको छैन । जसका कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन । आगमी ५ बैशाख भित्र स्थानिय तहको भागवन्डा गरिसक्ने निर्णय भएका कारण पनि कांग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : २३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको