२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रेस चौतारी रुपन्देहीको कल्याणकारी कोषका लागि पत्रकार भण्डारीले दिए ५० हजार



बुटवल । नेपाल-अमेरिका पत्रकार महासंघ (नेजा) का महासचिव सुरज भण्डारीले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

बुटवलमा लामो समय पत्रकारिता गरेर हाल अमेरिकामा बसोबास गर्दै आएका भण्डारीले कोषका लागि रकम प्रदान गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको पुर्व सहसचिव एवं बुटवल टुडे दैनिकका पुर्व सम्पादक समेत हुन् ।

उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष स्थापना गरेकोमा खुशी प्रकट गर्दै ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलमार्फत कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरिएको हो ।

उनले पत्रकारहरुको हक हित र पेशागत सुरक्षाका लागि जिम्मेवार भएर लाग्न र रचनात्मक काममा सक्रिय हुन सुझाव दिए । प्रेस चौतारी रुपन्देहीका अध्यक्ष पौडेलले संगठनको कल्याणकारी कोषका लागि सहयोग गरेकोमा भण्डारीलाई धन्यवाद थिए ।

त्यस्तै प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य दिपु पोखरेल ज्ञवालीले पनि कल्याणकारी कोषका लागि २५ हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् । उनले कोष स्थापना गरेकोमा धन्यवाद दिंदै आफूले सहयोग गर्ने बताएकी हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०७ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको