१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

स्थानीय तह निर्वाचनको अन्तिम तयारीमा जनमत पार्टी



विराटनगर । स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले टिकट वितरणको अन्तिम तयारी गरेको छ । सो पार्टीले उम्मेदवारको अन्तिम टुंगो लगाउँदै निर्वाचनको अन्तिम तयारी गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षको टिकट वितरण गर्ने तयारी गरिएको जनमत पार्टीले जनाएको छ ।

आज मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने छ भने बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनाइएको छ । सो पार्टीका अनुसारउम्मेदवारहरुको टिकट विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट पनि वितरण हुने छ ।

जनमत पार्टीले उम्मेदवार हुनका लागि नयाँ मापदण्ड तोकेको छ । मापदण्ड अनुसार उम्मेदवारहरूले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । जनमत पार्टीका उम्मेदवारहरुले निर्वाचनमा हुने खर्च आफै गर्नुपर्ने जनमत पार्टीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ४५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट