१५ माघ २०८२, बिहिबार | January 29, 2026

स्थानीय तह निर्वाचनको अन्तिम तयारीमा जनमत पार्टी



विराटनगर । स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले टिकट वितरणको अन्तिम तयारी गरेको छ । सो पार्टीले उम्मेदवारको अन्तिम टुंगो लगाउँदै निर्वाचनको अन्तिम तयारी गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षको टिकट वितरण गर्ने तयारी गरिएको जनमत पार्टीले जनाएको छ ।

आज मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने छ भने बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनाइएको छ । सो पार्टीका अनुसारउम्मेदवारहरुको टिकट विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट पनि वितरण हुने छ ।

जनमत पार्टीले उम्मेदवार हुनका लागि नयाँ मापदण्ड तोकेको छ । मापदण्ड अनुसार उम्मेदवारहरूले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । जनमत पार्टीका उम्मेदवारहरुले निर्वाचनमा हुने खर्च आफै गर्नुपर्ने जनमत पार्टीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ४५ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय