१ चैत्र २०८२, आइतबार | March 16, 2026

लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो ।

फेसबुक ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।’

उनले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याएका हुन् । पोष्टमा लेखिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद ।’

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ३९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन