३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

यस्ता छन् अपाङ्गता भएका व्यक्तिहरुको हकहितका सम्बन्धमा एकीकृत समाजवादीको प्रतिवद्धता



काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)ले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितलाई प्राथमिकता दिएको छ ।

‘शारीरिक अपाङ्गता भएका मानिसलाई उहाँहरूको क्षमताबमोजिम तालिम र सो पश्चात रोजगारी उपलब्ध गराउने कार्यक्रम स्थानीय सरकारको तहबाट सञ्चालन गर्नुपर्दछ भन्ने बारेमा हाम्रो पूर्ण प्रतिवद्धता छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।

हरेक पालिकाहरूले आफ्नो भूगोलभित्र रहेका शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूलाई रोजगार बनाउनका लागि आवश्यक तालिम उपलब्ध गराउनुका साथै व्यवसाय गर्नका लागि निव्र्याजी ऋण प्रदान गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

‘बौद्धिक अपाङ्गता भएका मानिस र बालबालिकाको स्याहार– सुसार र संरक्षणका लागि सम्बन्धित परिवारलाई मासिक रूपमा भत्ता दिने व्यवस्था गरिने छ,’ नेकपा एसको घोषणापत्रमा लेखिएको छ ।

‘अपाङ्ग मैत्री गाउँ–सहर’ भन्ने नाराका साथ अपाङ्ग मैत्री संरचना, खासगरी अपाङ्ग मैत्री विद्यालय, कार्यालय एवं सामुदायिक भवन तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरिने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ५८ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा