७ माघ २०८२, बुधबार | January 21, 2026

वैदेशिक सहायता प्रतिवद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत वर्षको तुलनामा ३२।७ प्रतिशतले घटेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कूल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।

चालु आर्थिक वर्ष प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अबै ६१ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमसः ७/५ प्रतिशत र ९२/५ प्रतिशत रहेको छ ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये आइएमएफ, एशियाली विकास बैंक र विश्व बैंकबाट क्रमसः ३७ प्रतिशत, २१/८ प्रतिशत र १६/६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : २६ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व