२० श्रावण २०८३, बुधबार | August 5, 2026

निर्वाचन आचार संहिता पालना गराउन कडाई गर्न माग



बुटवल । आचार संहित पूर्ण पालना भए निर्वाचन कम खर्चिलो र शान्तिपूर्ण रुपपा सम्पन्न हुने भन्दै सरोकारवालाहरुले आचार संहित पालना गराउनमा कडाई गर्नुपर्ने बताएका छन् । संवाद समूह लुम्बिनीद्धारा बुधबार बुटवलमा आयोजित निर्वाचन आचार संहिता कार्यान्वयन बिषयक संवाद कार्यक्रममा बोल्दै उनिहरुले आचार संहित पालना गराउने निकाय निर्वाचन आयोगले कडाई गर्नुपर्नेमा जोड दिएका हुन् ।

पछिल्लो समय निर्वाचन महंगो भएकोले इमान्दार र लामो समय राजनीति गरेका ब्यक्तिहरु चुनाब लड्नसक्ने परिस्थिति नभएको भन्दै उनिहरुले निर्वाचन आचार संहिता पालनामा कडाई गर्न सके कम खर्चमै चुनाब लड्न सकिने धारणा राखे ।

अन्तरक्रियामा बोल्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले बिगतका दिनमा आचार संहिता उल्लंघन गर्नेमाथि कारबाही नहुँदा आचर संहिता उल्लंघनका घटना बढेको भन्दै आचार संहिता पालना गराउने कार्यमा निर्वाचन आयोगले खुट्टा कमाउन नहुने बताए ।

संघीय सांसद तथा नेकपा एकिकृत लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले सत्तामा हुने दलबाटै आचार संहिता उल्लंघन बढि हुने गरेको र निर्वाचन आयोगले सत्ताधारी दलका उम्मेदवारमाथि कारबाही गर्न डराउने गरेका कारण उल्लंघनका घटना बढेको दाबी गरे ।

नेकपा एमालेकी केन्द्रीय सदस्य सावीत्रा अर्यालले आचार संहिता पूर्ण रुपमा कार्यान्वयन भए निर्वाचन स्वतन्त्र,निस्पक्ष,धादलीरहित रुपमा सम्पन्न हुनुका साथै खर्च समेत कम लाग्ने भन्दै आचार संहिता पालना गराउन कडाई गर्न माग गरिन् ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलीले आफ्नो पार्टी आचार संहिता पालना गर्न तयार रहेको बताउदै आचार संहिता बनाउदा ब्यवहारिक र कार्यान्वयनमुखि बनाउनुपर्ने धारणा राखे ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका सह इन्चार्ज कमल खनालले नेपालको निर्वाचन प्रणालीमै कमि कमजोरी रहेको भन्दै निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने आवस्यकता रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमले निर्वाचन आचार संहिता कार्यान्वयनको कुरा औपचारिकतामा मात्रै सिमित हुने गरेको भन्दै आचार संहिता पालनामा कडाई गर्नुपर्नेमा जोड दिए ।

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका नेता बिरेन्द्र बिकले आफ्नो पार्टी अहिलेको निर्वाचनमा सहभागि नहुने नीति लिएको भन्दै बर्तमान राज्य प्रणालीले गराउने निर्वाचनबाट जनताको आवस्यकता पूर्ती गर्ने जनप्रतिनिधि आउन नसक्ने दाबी गरे ।

जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले निर्वाचन भड्किलो भयो भन्ने जनगुनासोलाई मध्यनजर गरी निर्वाचन आयोगले खर्च कम हुनेगरी आचार संहिता तयार पारेको भन्दै आचार संहिता पालना भए कम खर्चमै चुनाव लड्न सकिने वातावरण बन्ने बताए ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ५१ बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण