१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पोखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य, मेयर छोडेर उपमेयरको मात्रै नाम केन्द्रमा सिफारिस



पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारेको छ । गण्डकी प्रदेश कार्यसमितिले बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ ।

यहाँ मेयरका लागि १८ र उपमेयरमा १० जना आकांक्षी थिए । तर गठबन्धनमा मेयर एकीकृत समाजवादीले पाउने भएपछि मेयर छोडेर उपमेयरको नाम मात्रै पठाइएको हो ।

प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका आकांक्षीको मात्रै नाम पठाउने निर्णय गरेको हो । सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

पोखरा महानगर समितिले संकलन गरेर प्रदेशलाई सिफारिस गरेकै नाम प्रदेशले केन्द्रमा पठाएको हो । अहिले कांग्रेसभित्र मेयर छोडेर उपमेयरमा रस्साकस्सी बढेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २१ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै