१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जुम्लामा कालोबजारी र म्याद गुज्रिएका खाद्यबस्तु बिक्री



जुम्ला । जुम्लाका व्यवसायीले मूल्य सूची नराखी सामान बेच्ने गरेका छन् । जस कारण पसलैपिच्छे उपभोग्य बस्तुको मूल्य फरक फरक भएको पाइएको छ । होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ताविना नै सञ्चालनमा रहेका भेटिएका छन् । साथै मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहँदा पनि स्थानीय सरकार र प्रशासनको ध्यान जान सकेको छैन ।

खुलेआम व्यापारीहरूले कालोबजारी र म्याद गुज्रिएको सामान बेच्ने गरेको भन्दै प्रशासनको कडा आलोचना भएपछि बल्ल बजार अनुगमन गरिएको छ ।सदरमुकाम खलंगाका ठूला व्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउँका बजार र पसलमा पठाउने गरेको भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार अधिकांश पसल दर्ता नभएको भेटिएको छ । दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु बिक्री भइरहेकाले स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्नेमा उनले बताइन् ।

बजार अनुगमन समितिले पातारासी गाउँपालिकाका मुख्य बजारमा अनुगमन गर्दा स्टिम नुडल्स, चिसोपेय पदार्थसहित बस्तुको म्याद सकिएको भेटिएको थियो ।

जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदील बताए ।

हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि काम गर्न सकिरहेको छैन । पसलमा ढकतराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ४४ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै