१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी प्रिन्स र रसिलालाई उपाधि



बुटवल । दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को मेन्स सिगलतर्फको उपाधि प्रिन्स दाहालले हात पारेका छन ।

बन्जारा एग्रो बिराटनगरका खेलाडी प्रिन्सले फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २१–१०, १८–२१, २१–१२ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । खेलमा एपीएफका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल तेस्रो स्थान हासिल गरे ।

यसैगरि वुमन्स सिगलको उपाधि त्रिभुवन आर्मीका रसिला महर्जनले उपाधि हात पारिन । उनले एपिएफकी जेसिका गुरुङलाई १६–२१, २१–१९, २१–१८ को सेटमा पराजित गर्दै महर्जनले उपाधि हात पारिन । खेलमा एपिएफका शोभा गौचन र नेपाल पुलिस क्लबका निता लम्साल तेस्रो भईन ।

यसैगरि मेन्स डबल्सतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनले हात पारे । फाईनल खेलमा महर्जनको जोडीले एपीएफका दिपेश धामी र विजित थापा मगरलाई २१–१७, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । विभागिय टिम नेपाल पुलिसका सुनिल जोशी र विष्णु कटुवाल तथा कास्कीका बिधान अधिकारी र बिशाल खड्काको जोडी खेलमा तेस्रो भए ।

यसैगरि मेन्स ४५ प्लस डबल्सको उपाधि कास्कीका नर बहादुर गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले उपाधि हात पारेका छन । फाईनलमा काठमाण्डौका श्याम पराजुली र नबिन बाबु श्रेष्ठको जोडीलाई २१–१०, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । खेलमा बुटवलका बिरेन्द्र सिह बिष्ट र मान बहादुर रानाको जोडी तथा दिप आचार्य र धिरन क्षेत्रीको जोडी तेस्रो भए ।

यसैगरि मेन्स ५५ प्लस डबल्सको उपाधि कैलालीका सुरेश बम र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले उपाधि हात पारेका छन । फाईनल खेलमा चितवनका बुद्धि चौधरी र कास्कीका मनोज कुमार श्रेष्ठको जोडीलाई १७–२१, २४–२२, २१–१९ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । खेलमा बुटवलका शैलेन्द्र बजाचार्य र नारायण घिमिरेको जोडी तथा लिला अर्याल र पिताम्बर ज्ञवाली तेस्रो भए ।

प्रतियोगिताको मेन्स सिगल र मेन्स डबल्सतर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया, द्घितिय ३० र तृतियले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

यसैगरि पुरुष भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिगलतर्फ प्रथमले नगद ३० हजार रुपैया, द्घितिय २० र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । यसैगरि ५५ वर्षमाथि समुहमा प्रथमले नगद २० हजार रुपैया, द्घितिय १५ हजार र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक शम्भु भट्टराईले बताए ।

प्रतियोगितामा विजेता उपविजेताहरुलाई नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजी बहादुर श्रेष्ठ र बुटवल व्याटमिन्टन क्लवका अध्यक्ष गोपाल टण्डनले पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ३९ बजे

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले