२६ बैशाख २०८३, शनिबार | May 9, 2026

सुरक्षित यात्रा अभियानले दियो सांसद र पत्रकारलाई हेल्मेट



बुटवल । सुरक्षित यात्रा अभियान नेपालले दुर्घटना सचेतिकरणका लागि प्रदेश सांसद र पत्रकारलाई हेल्मेट प्रदान गरेको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी नासा फाउण्डेसनबाट प्राप्त १२ थान हेल्मेट सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सांसद र पत्रकारलाई प्रदान गरेका हुन।

लुम्विनी प्रदेशका प्रदेशसभा सदस्यहरु माला गोतामे, पुष्पा चौधरी, कमला विक, दिपा विक सहित पत्रकारहरुलाई प्रदान गरिएको हेल्मेट डव्लुएचओ ले गुणस्तर प्रमाणित गरेको सचिव पाण्डेले बताए । दुर्घटना न्युनिकरण सम्बन्धी काम गर्ने नाटाको सहयोगमा प्रदान गरिएको हल्मेट गुणस्तरिय हुनुका साथ यस्तो हेल्मेट खरिद गर्न नपाईने उनले बताए।

हेल्मेट प्रदान कार्यक्रममा बोल्दै सांसद माला गोतामेले दुर्घटना न्यूनिकरणको अभियान अन्तर्गत मानिसलाई सुरक्षित राख्न हेल्मेटको प्रयोग अति आवश्यक रहेको भन्दै गुणस्तयिर हेल्मेटको प्रयोग सवैले गर्नुपर्नेमा जोड दिईन्।

विगत १० वर्ष देखि आफुले पनि दुई पांग्रे सवारी चलाउने गरेको भन्दै कम गति र ट्राफिक नियमको पालना गरे दुर्घटनामा कमी आउने उनले बताइन् ।

कार्यक्रममा सांसदहरु पुष्पा चौधरी, कमला विक लगाएतले सार्वजनिक सडकमा मोटरसाईल र स्कुटर चलाउँदाका क्रममा देखिएका चुनौती समस्या र अनुभव साटेका थिए।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ०३ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै