७ पुस २०८२, सोमबार | December 22, 2025

सुरक्षित यात्रा अभियानले दियो सांसद र पत्रकारलाई हेल्मेट



बुटवल । सुरक्षित यात्रा अभियान नेपालले दुर्घटना सचेतिकरणका लागि प्रदेश सांसद र पत्रकारलाई हेल्मेट प्रदान गरेको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी नासा फाउण्डेसनबाट प्राप्त १२ थान हेल्मेट सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सांसद र पत्रकारलाई प्रदान गरेका हुन।

लुम्विनी प्रदेशका प्रदेशसभा सदस्यहरु माला गोतामे, पुष्पा चौधरी, कमला विक, दिपा विक सहित पत्रकारहरुलाई प्रदान गरिएको हेल्मेट डव्लुएचओ ले गुणस्तर प्रमाणित गरेको सचिव पाण्डेले बताए । दुर्घटना न्युनिकरण सम्बन्धी काम गर्ने नाटाको सहयोगमा प्रदान गरिएको हल्मेट गुणस्तरिय हुनुका साथ यस्तो हेल्मेट खरिद गर्न नपाईने उनले बताए।

हेल्मेट प्रदान कार्यक्रममा बोल्दै सांसद माला गोतामेले दुर्घटना न्यूनिकरणको अभियान अन्तर्गत मानिसलाई सुरक्षित राख्न हेल्मेटको प्रयोग अति आवश्यक रहेको भन्दै गुणस्तयिर हेल्मेटको प्रयोग सवैले गर्नुपर्नेमा जोड दिईन्।

विगत १० वर्ष देखि आफुले पनि दुई पांग्रे सवारी चलाउने गरेको भन्दै कम गति र ट्राफिक नियमको पालना गरे दुर्घटनामा कमी आउने उनले बताइन् ।

कार्यक्रममा सांसदहरु पुष्पा चौधरी, कमला विक लगाएतले सार्वजनिक सडकमा मोटरसाईल र स्कुटर चलाउँदाका क्रममा देखिएका चुनौती समस्या र अनुभव साटेका थिए।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ०३ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी