१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कांग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति पाण्डे सहित सबै पदाधिकारीले दिए पार्टीबाट राजिनामा



बुटवल । बैसाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित निर्णय गरेको भन्दै नेपाली कांग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति प्रेम पाण्डे सहित सबै पदाधिकारीले पार्टीबाट राजिनामा दिएका छन् ।

पार्टीले गठबन्धनका नाममा लोकतान्त्रीक विधी मिचेको भन्दै तिनाउ गाउपालिका सभापति सहित सबै वडा सदस्यहरुले शनिबार राजीनामा दिएका हुन् ।

पार्टीले कार्यकर्ता र मतदाताको भावना बुझेन यसरी गठबन्धन जोगाउने नाममा तिनाउ गाउपालिकामा कांग्रेसलाई रित्तै बनाउन खोजियो त्यसैले पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हौं तिनाउ गाउपालिका सभापति प्रेम पाण्डेले भने ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका पाण्डे गाउपालिका प्रमुखका आकांक्षी थिए । तर गठबन्धन बिच सहमती हुँदा उक्त पालिका नेकपा माओवादी केन्द्रका भागमा परेपछि उनीहरु असन्तुष्ट भएका हुन ।

हामी प्रजातान्त्रिक पार्टीका मान्छौं हो कसैको दासत्व स्वीकार गर्न सक्दैनौं पार्टीले स्थानिय अवस्थाको बस्तुनिष्ट बिश्लेषण नगरी पालिका प्रमुख माओवादीलाई सुम्पने काम गर्यो त्यसकारण राजिनामा दिएका हौं पाण्डेले भने ।

पाण्डेले आफुहरुले अब स्वतन्त्र ढंगले उम्मेदवारी दिने तयारी गरेका छौं साथीहरु संग छलफल गरि रहेका छौं उनले भने ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ५३ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले