४ पुस २०८२, शुक्रबार | December 19, 2025

१० जना कोरोना सङ्क्रमित भएसँगै झापाको कचनकवल गाउँपालिकाका पाँच वडा सिल



झापा । झापाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा सिल गरिएको छ ।

दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । पालिकामा सात वडा रहेका छन् ।

शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरु सबैको पिसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो ।

उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मङ्गलबार थप नौ जनामा पुष्टि भएको छ । उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको उहाँले बताउनुभयो ।

सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँबासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताउनुभयो ।

मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको