बुटवल । नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट आफ्नो भागमा परेको महानगर र उपमहानगरका उम्मेदवारहरुको छुंगो लगाएको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन एकीकृत समाजवादीले उम्मेदवारहरुको टुंगो लगाएको हो ।
पार्टी महासचिव बेदुराम भुसालले विज्ञप्ति प्रकाशित गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन् । एकीकृत समाजवादीले पोखरा महानगरमा धनराज आचार्यलाई उम्मेदवार बनाएको छ भने हेटौडा उपमहानगरमा मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरि पार्टीको भागमा परेको उपमेयरमा काठमाडौ महानगरमा रामेश्वर श्रेष्ठ, इटहरीमा केशव कुमार विष्ट, बुटवलमा चिनबहादुर गुरुङ र तुलसीपुरमा जोगबहादुर रानामगरलाई एकीकृत समाजवादीले उठाउने भएको छ ।
विज्ञप्तिमा तालमेल भएको स्थानमा तालमेल अनुसार नै उम्मेदवारी दिन र तालमेल नभएका स्थानहरुमा उम्मेदवारी दिन पार्टी कमिटीहरुलाई निर्देशन गरिएको छ ।




















प्रतिक्रिया